रानी र राजनले ल्याए दशैं विशेष ‘मन परेसी’

२८ असोज २०८० ११:२९

गायिका रानी शाक्य र गायक राजनराज सिवाकोटीले संयुक्त रुपमा नयाँ गीत ‘मन परेसी’ सार्वजनिक गरेका छन् । दशैंको अवसरमा सार्वजनिक यो दशैं विशेष गीत रमाइलो छ । गीतले दर्शक तथा श्रोताको मन जित्न सक्छ । आजबाट सुरु भएको दशैंमा यो गीत घन्किने आशा गर्न सकिन्छ ।

यो गीतमा राजनराज सिवाकोटीको संगीत, देवेन्द्र केसीको शब्द छ । यो गीतको भिडियोमा कलाकार दीपाश्री निरौलाको साथमा कमेडियन सन्दिप क्षेत्री, मोडलद्धय सरोज राणा प्रजा र आभा थापाको अभिनय हेर्न सकिन्छ । उनीहरुको रमाइलो नृत्य र माया प्रेमले भिडियोलाई अझै आकर्षक बनाएको छ ।

भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् भने सुदीप बरालले यसलाई छायांकन गरेका हुन् । प्रवीण ढकालको कलरिङ रहेको भिडियोमा बन्दे प्रसादको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *