परिच्छेदले घोषणा गरे ‘महाराजाधिराज’, तिहारमा रिलिज हुने

२८ असोज २०८० ६:२९

निर्देशक परिच्छेद सेनले नयाँ चलचित्र ‘महाराजाधिराज’को घोषणा गरेका छन् । घटस्थापनाको दिनमा लभस्टोरी र सामाजिक कथामा निर्माण हुने चलचित्रको घोषणा गरिएको हो । परिच्छेदकै लेखन रहेको यो चलचित्रको प्रस्तुतकर्ता बिराज बिष्ट हुन् । चलचित्रमा टोपेन्द्र बिष्टको लगानी रहनेछ । बिराजले यसअघि चलचित्र ‘बुलाकी’ निर्माण गरेका थिए ।

यो चलचित्रको लागि कलाकार तय गरिएको छैन । कलाकारको छनोट विस्तारै गर्दै लैजाने निर्माणपक्षले बताएको छ । चलचित्रलाई वि.सं २०८१ सालको तिहारमा रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।

छत्रेश्वरी म्यानेजमेन्ट प्रा.लिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको नामले नै दर्शकलाई आकर्षित गर्ने पक्का छ ।

परिच्छेदले गतबर्ष चलचित्र ‘प्रेमगञ्ज’ निर्देशन गरेर तारिफ कमाएका थिए । यसैले, उनको नयाँ चलचित्रबाट पनि ठूलै अपेक्षा गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *