परदेशी २ हेरेपछि केकीसँगै रोए दर्शक(भिडियो सहित)

२७ असोज २०८० १४:५७

शुक्रबारदेखि रिलिजमा आएको चलचित्र ‘परदेशी २’का कलाकार आज शनिबार दिनभर विभिन्न हलमा पुगेका छन् । काठमाडौंका विभिन्न हलमा पुगेका कलाकारहरुले दर्शकसँग प्रतिक्रिया लिएका छन् ।

हलमा पुगेकी नायिका केकी अधिकारीसँगै दर्शक पनि भावुक बनेका थिए । विशेषगरि, अधिकांश दर्शकले देशमै केही गर्नुपर्छ भन्ने सन्देश चलचित्रले दिएको बताए । उनीहरुले, क्लाइमेक्सले छोएको समेत तर्क गरे । कतिपयले, आफ्नै घरको कथा हेर्न पाएको भन्दै खुशी व्यक्त गरे ।

नारायण रायमाझीको निर्देशनमा राजेश वंशलको लगानी रहेको यो चलचित्रले शनिबार केही हलमा सुखद व्यापार गर्यो । दर्शकहरुले चलचित्रको कथा मन पराउँदा कलाकारहरु पनि दंग परेका छन् ।

नायिका केकी अधिकारीसँग त हलमा दर्शक अंगालो मारेर रोएको देख्न सकिन्थ्यो । उनीहरुले, चलचित्रको कथाले छोएको भन्दै केकीको प्रशंसा गरे । चलचित्रको प्रतिक्रिया लिन हलमा मुख्य कलाकारहरु केकी अधिकारी, प्रकाश सपुत र वर्षा सिवाकोटी पुगेका थिए ।

भोली घटस्थापनाको बिदा भएकाले चलचित्रको व्यापार सुखद हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *