आक्रामक सोल्ड हुँदै ‘पशुपति प्रसाद २’को टिकट, हलमा उच्च माग

२७ असोज २०८० १४:३६

आउँदो शनिबार अर्थात कार्तिक ४ गते फूलपातिबाट रिलिज हुन लागेको चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’को टिकट आक्रामक रुपमा सोल्ड भैरहेको छ । यो चलचित्रको जम्मा ३ वटा हलमा मात्र बुकिङ खुलेको छ । जसमध्ये एफक्यूब हलको बिहानी शोजमा टिकट आक्रामक रुपमा विक्री भैरहेको छ । बनेपाको शुभकामना हलले त बिहान ८ बजेको शो खुलाएको थियो, जुन हाउसफूल भैसकेको छ ।

यस्तै, विर्तामोडको पाथिभरा सिने प्लाजा पनि यो चलचित्रको बुकिङ खुलेको छ । चलचित्रको शोज खुलाउन माग गर्दै देशभरका हलमा फोन आउन थालेको छ । चलचित्रको लागि उच्च माग आउन थालेपछि केही दिनमै अधिकांश हलले यसको शोज खुलाउन लागेको वुझिएको छ ।

चलचित्रको मागको बिषयमा वितरक करण श्रेष्ठ क्रेजीले हाम्रो सिनेमासँग भने–‘अहिले त देशैभरका हलमा दर्शकको माग बढेको छ । चलचित्रको टिकट काट्न दर्शकहरु समुह समुहमा हलमा पुग्न थाल्नुभएको छ । यो नेपाली चलचित्रको लागि एउटा सुखद सन्देश हो । चलचित्रले बम्पर ओपनिङ गर्ने संभावना देखिएको छ ।’

चलचित्रका निर्देशक दीपेन्द्र के खनालले पनि दर्शकको उत्साह देखेर आफूहरु अत्यन्त खुशी भएको बताए । उनले भने–‘हलहरुले दर्शकको दबाब नै धान्न सकिएन भन्दै फोन गर्नु भएको छ । यो खुशीको कुरा हो । समुह समुह बनाएर दर्शकहरुले टिकट काटिरहनुभएको छ भन्ने सुनेको छु । यो निकै सुखद कुरा हो ।’

खगेन्द्र लामिछानेको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ ।

यो चलचित्रले बक्स अफिसमा विष्फोटक व्यापार गर्दै नयाँ रेकर्ड बनाउने आँकलन धेरैको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *