यस्तो पो क्रेजः रिलिजको १२ दिन अगावै खुल्यो ‘भष्मे डन’को बुकिङ

२३ असोज २०८० १५:०५

चलचित्रको क्रेज उच्च भएपछि दर्शकको आकर्षण पनि बढ्छ । चलचित्रलाई लिएर दर्शकको आकर्षण बढेपछि यसप्रति सबैको चासो बढ्छ । यस्तै, चासो र चर्चाको बिषयमा कार्तिक ४ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’ छ ।

फूलपातिको दिनबाट रिलिजमा आउन लागेको यो चलचित्रको ट्रेलर सार्वजनिक भएपछि त दर्शकले यसप्रति झनै चासो देखाएका छन् । चलचित्रको ट्रेलरले दर्शकको ध्यान खिचेपछि प्रदर्शकहरु पनि यो चलचित्र रिलिजमा उत्साहित देखिएका छन् । यसैले, काठमाडौंको एफक्यूब हलले यो चलचित्रको बुकिङ रिलिजको १२ दिन अगाडि नै खुलाएको छ । एफक्यूबले ६ शोज दिदै बुकिङ खुलाएको हो ।

यो शुक्रबारदेखि रिलिजमा आउन लागेका ‘परदेशी २ र कौसिद’को बुकिङ बल्ल आज खुलेको छ । तर, यी दुई चलचित्र रिलिज भएको ८ दिनपछि रिलिजमा आउन लागेको चलचित्र ‘पशुपति प्रसाद २’को बुकिङ भने १२ दिन अगाडि नै खुलेको हो । यसले, चलचित्रको क्रेज कुन तहमा छ भन्ने प्रष्ट थाहा हुन्छ ।

बक्स अफिसमा बिष्फोटक व्यापार गर्छ भन्ने अपेक्षा गरिएको यो चलचित्रलाई खगेन्द्र लामिछानेको लेखन तथा निर्माणमा तयार गरिएको हो । दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्रमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *