‘पशुपति प्रसाद २ः भष्मे डन’ ट्रेलरः विपिनको पश्चताप, दुर्गा माता स्वस्तिमा

२२ असोज २०८० १३:०६

यो बर्षको सर्वाधिक प्रतिक्षित चलचित्र हो, ‘पशुपति प्रसाद २ः भष्मे डन’ । कार्तिकको ४ गते फूलपातिको दिनबाट देशसँगै विदेशका विभिन्न हलमा रिलिज हुन लागेको यो चलचित्रले विष्फोटक व्यापार गर्ने आँकलन गरिएको छ । आज सार्वजनिक भएको ट्रेलरपछि त चलचित्रको व्यापार विष्फोटक हुने प्रक्षेपण गर्दा फरक पर्दैन ।

दीपेन्द्र के खनाल निर्देशित यो चलचित्रको ट्रेलरमा पशुपति प्रसादको निधन भएपछि पशुपति क्षेत्रमा आफ्नो अस्तित्व बनाउन संघर्ष गरिरहेको भष्मे डनको कथा देखाइएको छ । यसअघि पशुपति प्रसाद अर्थात खगेन्द्र लामिछानेलाई चुनौती दिएको भष्मे डन अर्थात विपिन कार्कीलाई यसपटक सौगात मल्लले चुनौती दिने देखिएको छ ।

चलचित्रमा नायिका स्वस्तिमा खड्काको पनि मुख्य भूमिका छ । स्वस्तिमाको जीवनको बारेमा दुई प्रकारको वुझाइले भष्मेको जीवनमा केही न केही प्रभाव पारेको देखाउँछ ।

निरज कँडेलको डीओपी रहेको यो चलचित्रलाई खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्रमा उनकै लगानी पनि छ । चलचित्रमा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, माओत्से गुरुङ, रविन्द्र सिंह बानियाँ, प्रकाश घिमिरे लगायतका कलाकारको मुख्य भूमिका छ । यो चलचित्रमा कृष्ण बहादुर थापाको छायांकन, सुभाष भुषाल, कृष्ण भारद्धाज र किरण भुषालको संगीत, रेवन्द्र विक्रम थापाको एक्सन, प्रविण सिंहको कोरियोग्राफी छ ।

यो चलचित्रले बक्स अफिसमा ‘कबड्डी ४’को रेकर्ड तोड्ने विश्वास गरिएको छ । चलचित्रका निर्माता खगेन्द्र लामिछानेले अपेक्षा गरिएका चलचित्रले एक अर्काको रेकर्ड तोड्नुपर्ने दाबी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *