अनमोललाई प्रहरीले किन पक्राउ गर्यो ?

१२ असोज २०८० १३:२०

नायक अनमोल केसीलाई प्रहरीले पक्राउ गरेको छ । अनमोललाई आज बेलुकी साढे ५ बजेतिर प्रहरीले काभ्रेको साँगाबाट पक्राउ गरेको हो । अपराध अनुसन्धान महाशाखाले चलचित्र ‘रावायण’की निर्मात्री सुप्रिया कटुवालले दिएको उजुरीको आधारमा अनमोललाई पक्राउ गरेको हो । अहिले, अनमोलसँग सोधपुछ चलिरहेको छ ।

निर्मात्री कटुवालले ४ दिन अगाडि अनमोलका कारण आफ्नो कम्पनीलाई ठूलो आर्थिक तथा अन्य क्षती भएको भन्दै अपराध अनुसन्धान विभाग, नयाँ बाँनेश्वरमा उजुरी दिएकी थिइन् । यसपछि, प्रहरीले अनमोललाई सोधपुछका लागि बोलाएको थियो । तर, अनमोलले प्रहरीलाई आफ्नो तरिकाले काम गर्ने भन्दै कार्यलयमा नआउने जवाफ फर्काएका थिए । यसपछि, अनमोल काठमाडौं बाहिर रहँदै आएका थिए ।

श्रोतका अनुसार, अनमोलका वकिलले जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्न नपाउने भन्दै स्टे अर्डर समेत लिएका थिए । प्रहरी कार्यलयबाट पनि यसको समाधान नभएपछि पक्राउ पुर्जी जारी गरिएको थियो । अनमोलसँग प्रहरीले अहिले सोधपुछ गरिरहेको छ ।

अनमोलले फिल्म ‘रावायण’मा काम गर्ने भन्दै १० लाख रुपैयाँ लिएको तर काम नगरेको भन्दै सुप्रियाले उजुरी दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *