रानी र किरणको ‘सेल्फी खिचौंला’मा विना, सरोज र निक्सको डान्स

१२ असोज २०८० १०:५९

अमेरिकामा रहेर पनि निरन्तर गीतसंगीतमा सक्रिय गायिकाको नाम हो, रानी शाक्य । रानी शाक्यले नेपाली गीतसंगीतमा ठूलो योगदान गरेकी छिन् । उनै, रानीको स्वरमा नयाँ गीत ‘सेल्फी खिचौंला’ सार्वजनिक गरिएको छ । रानी शाक्य र किरण भुजेलको स्वरमा समावेश यो गीतमा हरि उप्रेतीको शब्द, नागेन्द्र श्रेष्ठको संगीत छ ।

यो भिडियोमा सरोज प्रजा, विना राउत र निक्स शर्माको अभिनय छ । तिन जनाले माया गर्दै सेल्फी खिच्ने कुरा गीतमा गरेका छन् । प्रहिल कार्कीको निर्देशनमा तयार भएको यो भिडियोमा उत्तम हुमागाँइको छायांकन, सन्तोष राजबहाकको कोरियोग्राफी, राकेश दाहालको सम्पादन छ ।

गीतका शब्दहरुले टिकटकमा दर्शकको साथ पाउन सक्छन् । यो गीतलाई रोमान्टिक डान्सिङ नम्बरमा तयार पारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *