गायक समिर आचार्यले गायिका शान्ती श्रीसँग मिलेर नयाँ गीत ‘माया हो’ सार्वजनिक गरेका छन् । यो गीतमा समिरको संगीत र राम अविरल बिष्टको शब्द छ ।
सुरेन्द्र मल्ल ठकुरी निर्देशनमा बनेको भिडियोमा पुस्कर दाहाल र विमला खुजुम लिम्बु फिचर्ड छन् । पूर्वी धनकुटामा छायाकंन गरिएको यस गीतको भिडियोमा देव दोर्जे लामाको छायांकन छ ।
नेपमेलोले निर्माण गरेको भिडियो उत्कृस्ट बनेको छ । यस गीतले समाजको पूर्वी नेपालको लिम्वु संस्कृतिको वास्तविकता बोल्छ । फरक शैलीको नयाँ गीत दर्शक माझ दिन चाहने नेपमेलोले यस पटक पनि यो भिडियोमा एउटा फरक कथा बुनेको छ । कहिले प्रेमको पीडा बोक्छ, त कहिले कथा भन्ने गरेको छ ।