‘जवान’ले तोड्यो ‘गदर २ र पठान’को रेकर्ड, बन्यो सर्वाधिक कमाउने बलिउड फिल्म

१२ असोज २०८० ८:२५

सर्वाधिक कमाई गर्ने बलिउड चलचित्रको रेकर्ड सनी देवलको ‘गदर २’को नाममा २४ घन्टा पनि टिकेन । बुधबार एक दिन मात्र सर्वाधिक कमाई गर्ने चलचित्रको रेकर्ड ‘गदर २’को नाममा रह्यो । बिहिबार ५.८१ करोडको कमाई गर्दै नायक साहरुख खान अभिनित चलचित्र ‘जवान’ले ‘गदर र पठान’को रेकर्ड तोडेको छ ।

तेश्रो हप्ताको शुक्रबार ७.१०, शनिबार ११.५०, आइतबार १३.९०, सोमबार ४.९०, मंगलबार ४.४०, बुधबार ४.४५, बिहिबार ५.८१ करोडको कमाई गर्दै चलचित्रले सर्वाधिक कमाई गर्ने चलचित्रको रेकर्ड बनाएको हो । यो चलचित्रले तेश्रो सातासम्म ५२५.५० करोडको कमाई गरेको छ । यसअघि ‘पठान र गदर’ले ५२४ करोडको कमाई गरेका थिए ।

चलचित्रले अन्य भाषामा ५८ करोडको व्यापार गरेको छ । योसँगै चलचित्रले भारतमा ६ सय करोडको क्लबको स्थापना गर्ने पनि पक्का देखिएको छ । चलचित्रले भारतमा मात्र ५ सय ८३ करोडको व्यापार गरिसकेको छ । चलचित्रले आइतबारसम्म ६ सय करोडको क्लबमा आफूलाई प्रवेश गराउने देखिएको छ । बलिउडका लागि यो निकै नै ठूलो सफलता हो ।

एट्लीको निर्देशनमा तयार भएको चलचित्रमा साहरुख खान, नयनतारा, विजय सेतुपति, दीपिका पादुकोण लगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *