टाइगर र कृतिको ‘गणपत’मा एक्सन नै एक्सन

१२ असोज २०८० ८:१२

दशैंको अवसरमा अक्टुबर २० बाट रिलिज हुन लागेको बलिउड चलचित्र ‘गणपत’को टिजर सार्वजनिक भएको छ । लगातार असफल चलचित्रले दिक्क भएका टाइगरका लागि यो चलचित्र विशेष छ ।

विकास बहालको निर्देशनमा तयार भएको चलचित्रको टिजरमा टाइगर र कृतिको एक्सन अवतार देख्न सकिन्छ । टाइगरले यसपटक चलचित्रमा केही फरक एक्सन गरेको टिजरबाट थाहा हुन्छ ।

चलचित्रमा टाइगर श्राफ, कृति सेनन र अमिताभ बच्चनको मुख्य भूमिका छ । बलिउडमा एक्सन चलचित्रले बम्पर व्यापार गरिरहेको समयमा यो चलचित्रको व्यापार पनि दर्शकका लागि प्रतिक्षित हुने देखिएको छ ।

टाइगरले पनि आफू केही समय हराउनुको पछाडि ‘गणपत’का लागि मिहिनेत गरिरहेको उल्लेख गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *