‘पशुपति प्रसाद २ः भष्मे डन’मा सौगातको रिसाहा रुप

१२ असोज २०८० ७:५७

नायक सौगात मल्लको ‘पशुपति प्रसाद २ः भष्मे डन’ भित्रको लुक्स सार्वजनिक गरिएको छ । चलचित्रको प्रचारलाई आक्रामक बनाइरहेको टिमले विपिन कार्की, स्वस्तिमा खड्कापछि सौगातको लुक्स सार्वजनिक गरेको हो ।

सार्वजनिक लुक्समा सौगात मल्ल रिसाहा अवतारमा छन् । यो चलचित्रका केन्द्रिय पात्र विपिन कार्की र सौगात विचको टकराव दर्शकका लागि रोचक हुने अपेक्षा गरिएको छ ।

कार्तिकको ४ गतेबाट रिलिज हुन लागेको चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । खगेन्द्र लामिछाने चलचित्रका लेखक तथा निर्माता हुन् ।

यो चलचित्रको हाइप उच्च भएकै कारणले गर्दा विदेशमा यसको शोजहरु खुलाइएको छ । ओभरसिजका मुख्य स्टेशनमा चलचित्रको बुकिङ रिलिजको ३ महिना अगाडि नै खुलाइएको हो ।

चलचित्रमा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ लगायतका कलाकारको अभिनय छ । टुकी आर्टस्को ब्यानरमा निर्माण भएको चलचित्रमा खगेन्द्र लामिछानेको लेखन तथा निर्माण, निरज कँडेलको डीओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्धाजको संगीत छ ।

यो चलचित्रले बक्स अफिसमा विष्फोटक व्यापार गर्ने अनुमान गरिएको छ । पशुपति प्रसादको निधन भएपछि पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्नका लागि भष्मेले गरेको संघर्षको कथालाई यो चलचित्रले प्रस्तुत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *