पलले सुरु गरे ‘मायाबी’को छायांकन(भिडियो रिपोर्ट)

११ असोज २०८० १३:४३

नायक पल शाहको कमब्याक रहेको चलचित्र ‘मायाबी’को छायांकन पोखराबाट सुरु भएको छ । चलचित्रको छायांकनका लागि यसको टिम केही दिन अगाडि मुस्ताङ पुगेको थियो । मुस्ताङमा सबै कलाकारहरु उपस्थित भएसँगै छायांकन पनि सुरु भएको हो । यो चलचित्रलाई दिवाकर भट्टराइले निर्देशन गर्दैछन् । ३५ दिन लगाएर चलचित्रको छायांकन मुस्ताङ र पोखरामा गर्ने दिवाकरको योजना छ ।

मुस्ताङको नीलगिरी हिमाल क्षेत्र र पोखराको रमणीय स्थलमा चलचित्रको छायांकन भैरहेको निर्माणपक्षले बताएको छ । पोखराकै परिवेशमा तयार भएको कथामा नायक पल शाहसँग नायिका दीपिका प्रसाँइले रोमान्स गर्नेछिन् ।
साथमा, चलचित्रमा सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, राजाराम पौडेलको पनि मुख्य भुमिका छ ।

लभ स्टोरी कथामा बन्न लागेको यो चलचित्र दिवाकरको महत्वकांक्षी प्रोजेक्ट हो । चलचित्रमा राज कटुवाल र चन्द्र पन्तको लगानी छ ।

क्रियटिभ सिने आर्टस्को ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा राजु थापाको डीओपी, एसडी योगीको संगीत छ ।

पल शाहको चलचित्र ‘म यस्तो गीत गाउँछु २’पछि नयाँ प्रोजेक्ट बजारमा आएको छैन । यसैले, उनलाई लिएर आम दर्शकहरु पनि उत्साहित छन् । दिवाकरको यो प्रोजेक्टले पलको करिअरलाई कुन तरिकाले अगाडि बढाउने भन्ने निर्णय गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *