‘परदेशी २’को झ्याउरे गीतमा प्रशान्त, प्रकाश र केकीको छमछमी

१० असोज २०८० ६:४०

नारायण रायमाझीको निर्देशनमा तयार भएको चलचित्र ‘परदेशी २’मा समावेश ‘परदेशी छुकछुके रेलैमा’ बोलको झ्याउरे गीत आज सार्वजनिक भएको छ । गीतमा चलचित्रका निर्देशक नारायण रायमाझीको साथमा तेजेन्द्र गुरुङ, टिका पुन, देवी घर्ती र ममता गुरुङको स्वर छ ।

गीतमा रायमाझीको शब्द, रायमाझी र प्रेमदेव गिरीको संगीत छ । यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु प्रकाश सपुत र केकी अधिकारीको साथमा गायक तथा कलाकार प्रशान्त तामाङको अभिनय छ । भिडियोमा रामजी लामिछाने र गोविन्द राइको निर्देशन छ ।

कुलमान नेपाली र शेखर घर्तीको नृत्य निर्देशन रहेको गीतको भिडियोले दर्शक तथा श्रोतालाई नयाँ स्वाद दिनेछ । राजेश वंशल र नारायण रायमाझीको निर्माणमा तयार भएको चलचित्रमा वर्षा सिवाकोटी, दिलिप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देबेन्द्र बब्लु लगायतको अभिनय छ ।

चलचित्रमा कथा तथा पटकथा रमेश वीजीको छ भने मानकृष्ण महर्जन चलचित्रका छायांकार हुन् । दीर्घ खड्काले सम्पादन गरेको चलचित्रले युवापुस्तामा देखिएको विदेश मोहको कथालाई प्रस्तुत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *