‘हनी बनी’को फस्टलुकमा अभिमन्यूसँग रोमान्टिक जसिता

८ असोज २०८० ६:४९

चलचित्र ‘हनी बनी’को फस्टलुक सार्वजनिक गर्दै यसको प्रदर्शन मिति तय गरिएको छ । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रलाई माघको २६ गतेबाट रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ ।

सोमबार सार्वजनिक गरिएको फस्टलुकमा नायिका जसिता गुरुङ र नायक अभिमन्यू तोमरलाई रोमान्टिक मुडमा देखाइएको छ । अभिमन्यू भारतीय मोडल हुन् ।

एबी इन्टरनेशनल र गौतम प्रोडक्शन एण्ड भ्वाइस फिल्मस्सँगको सहकार्यमा तयार भएको यो चलचित्रमा अमित बस्नेत, परी राना, आरोना बस्नेतको लगानी छ भने अजित थापा र सनिस खकुरेल चलचित्रका सह–निर्माता हुन् । अंकित गौतम कार्यकारी निर्माता रहेको चलचित्रको एसोसियट निर्मातामा सुरज कुँवर, अजित पल सिंह छन् ।

चलचित्रको पटकथा लेखन निर्माता अमितले नै गरेका हुन् । यो चलचित्रमा सूर्यमाला खनाल, सलोन बस्नेत, अर्जुन जंग शाही लगायतका कलाकारको पनि अभिनय छ । यो चलचित्रको छायांकन लण्डनमा गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *