१ हजार करोड नजिक साहरुखको ‘जवान’

६ असोज २०८० १०:४२

नायक साहरुख खानले अभिनय गरेको चलचित्र ‘जवान’ले बक्स अफिसमा १ हजार करोडको आँकडा केही दिनमै छुने देखिएको छ ।

विश्व बजारमै बम्पर व्यापार गर्दै अगाडि बढिरहेको यो चलचत्रिले १ हजार करोडको व्यापार गर्न पक्का भएको छ । यो चलचित्रले तेश्रो साताको शुक्रबारसम्म विश्व बजारबाट ९ सय ५७ करोडको ग्रस कलेक्शन गरेको छ । चलचित्रले भोली आइतबारसम्म विश्व बजारबाट १ हजार करोडको लोभलाग्दो आँकडा छुने प्रक्षेपण गरिएको छ ।

यो चलचित्रले भारतीय बक्स अफिसमा ५ सय करोडको आँकडा छोइसकेको छ । चलचित्रले हिन्दी भाषामा तेश्रो शुक्रबारसम्म ४ सय ८० करोडको नेट कलेक्शन गरिसकेको छ । यस्तै, चलचित्रले तेलुगु र तामिल भाषामा गरेर ५५ करोडको व्यापार गरिसकेको छ । चलचित्रले हिन्दी भाषामा मात्र आइतबारसम्म ५ सय करोडको आँकडा छुनेछ ।

योसँगै साहरुख खान ब्याक टू ब्याक विश्व बजारमा १ हजार करोड क्लबमा प्रवेश गर्ने एक मात्र बलिउड नायक बनेका छन् । यस्तै, साहरुख भारतमा ब्याक टू ब्याक ५ सय करोडको कमाई गर्ने चलचित्रको एक मात्र नायक बनेका छन् ।

एट्लीको निर्देशनमा तयार भएको यो चलचित्रमा साहरुखको साथमा नयनतारा, विजय सेतुपति, दीपिका पादुकोण, संजय दत्त लगायतका कलाकारको अभिनय छ ।

साहरुखको नै मुख्य भूमिका रहेको चलचित्र ‘पठान’ले यसै बर्ष विश्व बजारबाट १ हजार ५० करोडको व्यापार गरेको थियो । ‘जवान’ले यो आँकडालाई पनि पार गर्ने पक्का छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *