पशुपति प्रसाद २ः भष्मे डन’को ‘प्रेम शरणम्’ मा स्वस्तिमासँग विपिनको रोमान्स

६ असोज २०८० १०:२६

टुकी आर्टस्को प्रस्तुतिमा तयार भएको चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’को नयाँ गीत ‘प्रेम शरणम्’ युट्युब मार्फत सार्वजनिक गरिएको छ ।

दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको यो चलचित्र कार्तिकको ४ गतेबाट रिलिज हुँदैछ । यसअघि चलचित्रको टिमले पहिलो गीत सार्वजनिक गरिसकेको छ । सार्वजनिक दोश्रो गीतमा कालिप्रसाद बाँस्कोटा र स्वस्तिका ढकालको स्वर, कृष्ण भारद्धाजको र्याप, कृष्ण भारद्धाजकै संगीत र सुशिल पौडेल र कृष्ण भारद्धाजको शब्द छ ।

सार्वजनिक यो गीतमा चलचित्रका मुख्य २ कलाकार विपिन कार्की र स्वस्तिमा खड्काले नृत्य गरेका छन् । भिडियोलाई कोरियोग्राफर प्रविण सिंहले आकर्षक बनाएका छन् । भिडियोमा विपिन र स्वस्तिमाबिचको नोकझोक र मायाप्रेम देख्न सकिन्छ ।

खगेन्द्र लामिछानेको लेखन तथा निर्माणमा तयार भएको यो चलचित्रमा निरज कँडेलको डीओपी, कृष्ण बहादुर थापाको छायांकन, बनिष शाहको सम्पादन छ ।

चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’मा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, वर्षा सिवाकोटी, रविन्द्र सिंह बानियाँ, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ । यो चलचित्रले बक्स अफिसमा नयाँ रेकर्ड कायम गर्ने आशा धेरैको छ । सार्वजनिक यो गीतले भने दर्शकको ध्यान खिच्न सक्छ । गीतका शब्द, स्वर र भिडियो उत्कृष्ट छ । गीतको भिडियोले चलचित्र भित्र विपिन र स्वस्तिमाको केमेष्ट्री पनि बताउन खोजेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *