‘दिमाग खराब’को ‘बिरामी मुलुक’ सार्वजनिक

४ असोज २०८० ५:१४

कार्तिकको २४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘दिमाग खराब’को टिजरपछि यसको निर्माणपक्षले पहिलो गीत सार्वजनिक गरेको छ । ‘बिरामी मुलुक’ बोलको गीतको लिरिकल भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो । यो गीतमा जे वाइवाको शब्द, स्वर र संगीत छ । लिरिकल भिडियोमा चलचित्रका सबै कलाकारको तस्वीर र केही भिडियो समावेश गरिएको छ ।

यो गीतले देशको अवस्था बोलेको छ । यो गीतलाई श्रोता तथा दर्शकले मन पराउन सक्छन् । सिनेमा आर्टस् र ब्ल्याक हर्स पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा आकाश बरालको लेखन, निश्चल बस्नेतको निर्देशन छ । यो चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, बिजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंहको मुख्य भूमिका छ ।

रौनक विक्रम कँडेलको लगानीमा तयार भएको चलचित्रका कार्यकारी निर्माता सुरज बम ठकुरी हुन् । चलचित्रमा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको छायांकन, बाबुल गिरी र जयन के वाइबाको संगीत, राजकुमार उप्रेतिको एक्सन छ । चलचित्र ‘लूट २’ निर्देशन गरेपछि निश्चलले नयाँ चलचित्र निर्देशन गरेनन् ।

उनी, अन्य चलचित्रमा काम गर्नमा नै व्यस्त बनेका थिए । अब, भने उनी द दर्शकमाझ ‘दिमाग खराब’ लिएर प्रस्तुत भएका छन् । चलचित्रले सत्ता र जनताविचको कथा भन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *