‘देव वाणी’को फस्टलुकसँगै प्रदर्शन मितिको घोषणा

४ असोज २०८० ४:५३

पौष महिनामा पनि धमाधम चलचित्र रिलिजको मिति तय हुन थालेको छ । यसैबिच, चलचित्र ‘देव वाणी’लाई पौषको २७ गते रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरेको छ । चलचित्रको फस्टलुक पोष्टर सार्वजनिक गर्दै यसको प्रदर्शन मिति घोषणा गरिएको हो ।

बाबु साहेब बलामीको निर्देशनमा तयार भएको चलचित्रको फस्टलुकमा मुख्य कलाकारहरु सुनिल थापा, कुन्दन भारद्धाज र अनुजा लेप्चालाई देख्न सकिन्छ । चलचिमा यी तिन कलाकार बाहेक ध्रुव कोइराला, घनश्याम गिरी, रविन्द्र झा, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, काजोल राघवाणी, लक्ष्मीनाथ तिमिल्सिना लगायतका कलाकारको अभिनय छ । चलचित्रको छायांकन सिमरा, वीरगन्ज र काठमाडौंमा गरिएको छ ।

चलचित्रलाई नेपाली र हिन्दी भाषामा रिलिज गर्ने तयारी निर्माणपक्षको छ । मौसम फिल्मस् प्रोडक्शन हाउस र अनुजा इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा निराजन मेहत्ताको कथा, हरिबहादुर घलेको छायांकन, श्री श्रेष्ठको एक्सन छ । मौसम पौडेल प्रस्तुतकर्ता रहेको चलचित्रमा मिना खड्का र हिराबहादुर लेप्चाको लगानी छ ।

चलचित्रका कार्यकारी निर्माता महेन्द्र यादव, अपार गुरुङ हुन् । तेञ्जु योञ्जनको कोरियोग्राफी रहेको चलचित्रमा मनोहर सुनामको संगीत छ, बन्दे प्रसादको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *