‘एक भागवत् र एक गीता’ले उठायो बिदाको फाइदा

३ असोज २०८० ११:५१

शुक्रबारदेखि रिलिजमा आएको चलचित्र ‘एक भागवत् र एक गीता’ले सार्वजनिक बिदाको फाइदा उठाएको छ । विकेन्डमा कमजोर व्यापार गरेको चलचित्रले असोजको १ गतेबाट भने दर्शकको साथ पाउन थालेको हो ।

यो चलचित्रले तीज र संविधान दिवसमा परेको सार्वजनिक बिदाको फाइदा उठाएको छ । सुनिल कुमार थापा निर्मित चलचित्रलाई दर्शकले साथ दिन थालेका छन् । दर्शकको साथ पाउन थालेपछि यसको शोजमा पनि बृद्धि गरिएको छ ।

चलचित्रले अब दोश्रो र तेश्रो साताको विकेन्डमा पनि दर्शकको साथ पायो भने निर्मातालाई ठूलो राहत हुनेछ । असोजको १९ गते अगाडि कुनै पनि नेपाली चलचित्र नहुनुको फाइदा यसले उठाउन सक्छ ।

झरना थापा निर्देशित यो चलचित्रमा विपिन कार्की, धिरज मगर, सुहाना थापा, कविर खड्का लगायतका कलाकारको अभिनय छ । चलचित्रले तेश्रो लिङ्गीको बारेमा समाजलाई नै दरिलो सन्देश दिएको छ ।

चलचित्रले आज बिदाको दिनमा पनि दर्शकको राम्रो साथ पायो । विशेषगरि, चलचित्र हेर्नका लागि अधिकांश हलमा दर्शकको उपस्थिती बाक्लो थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *