प्रेमिका श्रेणीसँग गौरवले गरे इन्गेजमेन्ट

३ असोज २०८० ११:४४

नेपाली चलचित्र क्षेत्रमा आफ्नो अभिनयका कारण दर्शकको माया पाएका नायक गौरव पहारी बिबाह बन्धनमा बाँधिने भएका छन् । उनले, आज आफ्नी प्रेमिकासँग इन्गेजमेन्ट गरेका छन् । प्रेमिका श्रेणी खतिवडासँग गौरव पहारीले इन्गेजमेन्ट गरेका हुन् । गौरव र श्रेणी विगत ४–५ बर्षदेखि प्रेम सम्बन्धमा थिए । श्रेयानीले पेशाले फिटनेश पेशामा आवद्ध छिन् ।

श्रेणी र गौरवको इन्गेजमेन्ट समारोह होटल र्याडिसनमा भएको थियो । उनीहरुले इन्गेजमेन्टमा आफू निकट केही चलचित्रकर्मीलाई मात्र बोलाएका थिए । यस्तै, आफन्त र परिवारका सदस्यहरुको उपस्थितीमा उनीहरुले औठी साटेका हुन् ।

गौरव र श्रेणीको बिहे भने माघ महिनामा हुने वुझिएको छ । गौरवले अभिनय गरेको चलचित्र ‘नम्बरी सुन र दुई कदम’ रिलिजको तयारीमा छन् ।

 

यसअघि श्रेणी हुनुपर्नेमा श्रेयानी भएकोमा सच्चाइएको छ । सम्पादक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *