‘परदेशी २’को गीतमा प्रकाश, दिलिप र रमाले पोखेको पीडा

३ असोज २०८० ५:४०

चलचित्र ‘परदेशी २’ असोजको २६ गतेबाट रिलिज हुँदैछ । उसो त, यो चलचित्र रिलिज गतबर्ष नै हुनुपर्ने हो । तर, दशैंमा नै चलचित्र रिलिज गर्नुपर्ने कथा भएकाले पनि निर्देशक नारायण रायमाझी र निर्माता राजेश बंशलले चलचित्र रिलिज गर्न सकेनन् । अब, भने चलचित्र रिलिज हुने पक्का भैसकेको छ ।

चलचित्र रिलिजको दिन नजिकिदै जाँदा यसको निर्माणपक्षले प्रचार पनि आक्रामक रुपमा अगाडि बढाइरहेको छ । यो चलचित्रमा समावेश ‘हिजो काम’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ । यो गीतले चलचित्रकै कथा बोल्छ । सतिष चापागाँइको शब्द रहेको यो गीतमा प्रशान्त तामाङको स्वर, वीवी अनुरागीको संगीत छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु दिलिप रायमाझी, प्रकाश सपुत र रमा थपलियालाई देखाइएको छ ।

विदेशमा पढ्न जाने विद्यार्थीको कथामा यसपटक रायमाझीले चलचित्र बनाएका छन् । चलचित्रमा केकी अधिकारी, वर्षा सिवाकोटी, नीर शाह, सबिन बास्तोला, देवेन्द्र बब्लु लगायतका कलाकारको पनि अभिनय छ । रमेश वीजीको कथा रहेको चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको एक्सन, रामजी लामिछाने र गोविन्द राइको कोरियोग्राफी रहेको यो फिल्ममा दीर्घ खड्काको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *