२ दिनमै ‘नाङ्गो गाउँ’को व्यापार डेढ करोड कट्यो

३१ भदौ २०८० ११:३६

भदौको २९ गतेबाट रिलिजमा आएको चलचित्र ‘नाङ्गो गाउँ’ले बक्स अफिसमा बम्पर कमाई गरेको छ । यो बक्स अफिस उछाल वैशाख १ गतेबाट रिलिजमा आएको चलचित्र ‘जारी’ पछिकै उच्च हो ।

यो चलचित्रले शुक्रबार ७० लाख र शनिबार ९० लाखको ग्रस कलेक्शन गरेको वितरक रोहित कट्टेलले जानकारी दिएका छन् । उनका अनुसार, २ दिन हलमा दर्शकको चाप उच्च रहेको थियो । आइतबार पनि चलचित्र हेर्नका लागि दर्शकको राम्रो उपस्थिती हलमा रहेको उनको भनाई छ ।

२ दिनमा १ करोड ६० लाख ग्रस कलेक्शन गरेको चलचित्रले भोली सोमबार तीजको बिदामा पनि सुखद कमाई गर्ने अपेक्षा गरिएको छ ।

भोलीका लागि चलचित्रको शोजमा २५ प्रतिशत बुद्धि भएको छ । चलचित्रले भोली मात्र देशभर १५० भन्दा बढी शोज पाएको छ । यसैले, सोमबार व्यापारमा उछाल कायम हुने संभावना छ ।

हिमाल कडरियाको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा राम श्रेष्ठको लगानी छ । रामहरि श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रलाई आलोक शुक्लाले खिचेका हुन् । चलचित्रमा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, वुद्दि तामाङ, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ ।

चलचित्रका प्रस्तुतकर्ता हिमाल शर्माले चलचित्रको लगानी नेपाल र ओभरसिजमा गरेर सुरक्षित भैसकेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *