‘मायाबी’मा पल, दीपका र सुशिलपछि करिश्माको इन्ट्री

३१ भदौ २०८० ६:४१

दिवाकर भट्टराइको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘मायाबी’मा नायिका करिश्मा श्रेष्ठले काम गर्ने पक्का भएको छ । करिश्माले केही बर्षपछि चलचित्रमा काम गर्न लागेकी हुन् । चलचित्र ‘एउटा साथी’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी करिश्माले यसपछि केही चलचित्रमा काम गरिन् । तर, उनको करिअर सुखद बन्न सकेन ।

यसैले, केही बर्ष चलचित्र क्षेत्र भन्दा मोडलिङमा व्यस्त करिश्मा अब भने ठूलो पर्दामा देखिदैछिन् । यो चलचित्रमा नायक पल शाह, नायिका दीपिका प्रसाँई, नायक सुशिल सिटौला फाइनल भैसकेका छन् ।

यो चलचित्रलाई राज कटुवालले निर्माण गर्दैछन् । क्रियटिभ सिने आर्टस्को व्यानरमा निर्माण हुन लागेको चलचित्रमा निर्देशक भट्टराइको नै कथा छ । चलचित्रमा एसडी योगीको संगीत, राम अविरल बिष्टको गीत, राजु विक्रम थापाको डीओपी रहनेछ । पोखरामा असोज २ गतेबाट यो चलचित्रको छायांकन सुरु हुनेछ ।

यो चलचित्र दिवाकरको महत्वकांक्षी प्रोजेक्ट हो । चलचित्रमा कलाकारको लाइनअप बलियो बनाउँदै लगेका दिवाकरले यसअघि ‘स्टूपिड मन, ऐश्वर्य’ जस्तो चर्चा पाएको लभ स्टोरी चलचित्र निर्देशन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *