अर्पण, सन्तोष, मेनुका र शुभेच्छाको ‘चित्रा’को छायांकन सुरु

२९ भदौ २०८० १०:५२

सन्तोष अधिकारी फिल्म्सको व्यानरसँग अस्याप इन्टरटेन्मेन्ट नेपाल र अष्ट्रेलियाको सहकार्यमा तयार हुन लागेको नयाँ चलचित्र ‘चित्रा’को आजबाट छायांकन सुरु भएको छ । घनश्याम लामिछानेको निर्देशनमा तयार हुने यो चलचित्रको आजबाट पोखरामा छायांकन सुरुवात गरिएको हो ।

यो चलचित्रलाई पुषको २७ गतेबाट रिलिज गर्ने तयारी समेत गरिएको छ । चलचित्रमा सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरि, मेनुका प्रधान, शुभेच्छा खड्का, सिम्रन खड्का, आयुषी ढकाल, कपिल शर्मा, कुमार गुरुङ लगायतका कलाकारको अभिनय रहनेछ । यो चलचित्रले एक रिटार्यड बाबु र छोरीको कथालाई प्रस्तुत गर्नेछ । पोखरा र घाचकोचमा छायांकन हुने चलचित्रमा आशिष थापा मगरको लगानी छ ।

सन्तोष अधिकारी कार्यकारी निर्माता रहेको चलचित्रमा अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा तथा संवाद, तारा न्यौपानेको मुख्य सहायक निर्देशन, प्रविण सिंहको नृत्य, सम्राट बस्नेतको एक्सन, महेश पौडेलको छायांकन, राजनराज सिवाकोटीको संगीत रहनेछ ।

सन्तोषले फिल्म ‘डलर एयूडी’को पनि निर्माण गर्ने तयारी गरिरहेका छन् । सन्तोष फिल्म ‘घर र आमा’का सह–निर्माता समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *