दीपक–दीपाको हलमा नेपाली फिल्मलाई ५० प्रतिशत शेयर

२९ भदौ २०८० १०:२१

लामो समयदेखि नेपाली चलचित्रका निर्माताका लागि बोल्दै आएका कलाकार दीपकराज गिरीले संचालनमा ल्याएको हलमा पनि नेपाली चलचित्रका निर्माताका लागि सकारात्मक कदम चालिएको छ ।

आजदेखि नयाँ बाँनेश्वरमा संचालनमा आएको ‘आइएनआई सिनेमाज्’मा नेपाली चलचित्रलाई ५० प्रतिशत शेयर दिने घोषणा गरियो । हलका संचालक टिमका प्रमुख दीपकराज गिरीले नेपाली चलचित्रले ५० प्रतिशत शेयर पाउने घोषणा गरेका हुन् । उनले, आफू निर्माता हुँदै प्रदर्शकको भूमिकामा आइपुगेको भन्दै बिचमा बसेर काम गर्ने बताए ।

दीपकले आफू चप्पल लगाएर यो क्षेत्रमा छिरेको र आज हल संचालन गर्ने अवस्थामा पुगेको बताए । आइएनआई ग्रुपले व्यवस्थापन गर्ने हलमा २ पर्दा छन् । जसमध्ये एउटा अडोटोरियममा २१० र अर्को अडोटोरियममा १७७ सिट क्षमता छ ।
यो हलको आज नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र कलाकार हरिवंअ आचार्यले उद्घाटन गरे ।

आजबाट नै यो हलमा नयाँ नेपाली चलचित्र र बलिउड चलचित्र ‘जवान’ रिलिजमा आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *