‘नाङ्गो गाउँ’को आक्रामक सुरुवात, दया र मिरुनाले फर्काए दर्शक

२९ भदौ २०८० १०:१२

यो बर्षको सुरुवातमा रिलिज भएको चलचित्र ‘जारी’पछि इनिसियल व्यापार चलचित्र ‘नाङ्गो गाउँ’ले गरेको छ । यो चलचित्र आजबाट रिलिज भएको हो । चलचित्र हेर्नका लागि बिहानैबाट दर्शकहरु हलमा भरिभराउ छन् ।

चलचित्रको व्यापार मध्यान्नपछि झनै आक्रामक देखिएको छ । क्यूएफएक्स चेन, वीग मुभिज, वान सिनेमाज्, एफक्यूब लगायतका मल्टिप्लेक्समा दर्शकको चाप उच्च छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रलाई दर्शकले मन पराएका छन् । हलमा पुगेका दर्शकले चलचित्रको कथावस्तु, यसको प्रस्तुति, कलाकारको अभिनय, चलचित्रले दिएको सन्देश राम्रो लागेको प्रतिक्रिया दिएका छन् ।

चलचित्रले आक्रामक सुरुवात गरेपछि यसका प्रस्तुतकर्ता हिमाल कडरियाले खुशी व्यक्त गर्दै एउटा सपना पुरा भएको उल्लेख गरेका छन् । उनले, अर्गानिक कथामा चलचित्र बनाएको खण्डमा हलमा दर्शक फकिने रहेछन् भन्दै खुशी व्यक्त गरेका हुन् ।

चलचित्रमा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह लगायतका कलाकारको अभिनय छ । जय श्रेष्ठको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् ।

यसअघि चलचित्र ‘जारी’बाट दर्शकको ठूलो संख्यालाई हलमा फर्काएका दया र मिरुनाले फेरि ‘नाङ्गो गाउँ’मा दर्शक तानेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर