‘मायावी’मा पलपछि सुशिलको इन्ट्री

२४ भदौ २०८० ८:३६

नायक सुशिल सिटौला नयाँ चलचित्रमा अनुवन्धित भएका छन् । उनी दिवाकर भट्टराइले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘मायावी’मा मुख्य कलाकारको रुपमा अनुवन्धित भएका हुन् । यो चलचित्रमा यसअघि नायक पल शाह र नायिका दीपिका प्रसाँई फाइनल भैसकेका छन् ।

पछिल्ला २ रिलिज ‘जुलेबी र ऐँचो पैँचो’बाट सुशिलको कामको सर्वत्र प्रशंसा भएको थियो । चलचित्रले बक्स अफिसमा सफलता नपाएपनि सुशिलको कामको भनै सधै नै चर्चा हुने गरेको छ । यसैले, मेकर उनीसँग काम गर्न सधै उत्साहित हुने गरेका छन् । यो चलचित्रमा दिवाकरकै कथा छ ।

क्रियटिभ सिने आर्टस्ले निर्माण गर्न लागेको चलचित्रका अन्य कलाकारको जानकारी विस्तारै दिने निर्माणपक्षको भनाई छ । यो चलचित्रमा एसडी योगीको संगीत, राजुविक्रम थापाको डीओपी रहनेछ । असोजको २ गतेबाट पोखरामा यो चलचित्रको छायांकन सुरु हुनेछ । पोखराकै परिवेशमा यो चलचित्रको कथा लेखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *