‘एक भागवत् र एक गीता’ नाममा रिलिज गर्ने सहमती

२४ भदौ २०८० ८:३०

चलचित्र ‘एक भागवत् गीता’को नामलाई लिएर भएको विवाद सहमतीमा टुंगिएको छ । आज चलचित्र विकास बोर्डको हलमा भएको छलफलमा चलचित्रको नाममा केही परिवर्तन गर्ने सहमती भएको हो । जसअनुसार अब यो चलचित्रको नाम ‘एक भागवत् र एक गीता(सामाजिक कथा) रहनेछ । यो नाममा सहमती भएसँगै अब चलचित्रलाई सेन्सरका लागि सिफारिश दिन चलचित्र विकास बोर्ड पनि तयार भएको छ ।

विगत केही दिनदेखि यो चलचित्रको नाम परिवर्तन गर्नुपर्ने भन्दै केही धार्मिक संगठनहरुले विरोध गर्दै आएका थिए । जसकाकारण, चलचित्र विकास बोर्डले सेन्सरका लागि अनुमती दिएको थिएन । जसको सर्वत्र विरोध पनि भएको थियो ।
तर, आज भएको छलफलमा विरोध गर्ने पक्ष र चलचित्रको पक्षविच नाममा केही परिवर्तन गर्ने सहमती भएको हो ।

चलचित्र विकास बोर्डको हलमा अध्यक्ष भुवन केसी, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, कलाकार दीपकराज गिरी लगायत उपस्थित थिए ।

झरना थापाको निर्देशन, सुनिलकुमार थापाको निर्माण रहेको यो चलचित्रमा विपिन कार्की, सुहाना थापा, धिरज मगर लगायतको अभिनय छ । चलचित्रले तेश्रो लिङ्गीको मुद्दालाई उठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *