यस्तो छ अनमोल केसीको ‘फर्कि फर्कि’को फस्टलुक

२२ भदौ २०८० १२:३२

चलचित्र ‘गाजलु र छ माया छपक्कै’ जस्ता सुपरहिट चलचित्र बनाएका निर्माता रोहित अधिकारीले आफ्नो तेश्रो प्रोजेक्टको औपचारिक घोषणा गरेका छन् । ओएआर डीजिटलसँग मिलेर उनले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘फर्कि फर्कि’को फस्टलुक टिजर सार्वजनिक गर्र्दै निर्माणको घोषणा गरिएको हो ।

फस्टलुक भिडियोमा नायक अनमोल केसीलाई मात्र फिचर गरिएको छ । टिजरमा अनमोल केसी आफ्नै जीवनदेखि अलमलमा परेको हेर्न सकिन्छ । चलचित्रमा अनमोलको जोडीको रुपमा नायिका जसिता गुरुङको मुख्य भूमिका रहनेछ ।
चलचित्र ‘फर्कि फर्कि’को छायांकन लक्ष्मीपूजाबाट सुरु हुनेछ । चलचित्रलाई सन् २०२४ मा रिलिज गर्ने योजनामा रोहित अधिकारी फिल्मस् छ ।

सुयोग गुरुङको निर्देशनमा तयार हुने चलचित्रमा रोहित र ओम अग्रवालको लगानी रहनेछ । सुयोगकै कथा तथा पटकथा रहेको यो चलचित्रमा मनोज ओली र रामु न्यौपाने सह–निर्माता, आलोक शुक्लाको छायांकन रहनेछ ।

चलचित्र ‘फर्कि फर्कि’लाई आफू उत्साहित रहेको नायक अनमोल केसीले सामाजिक संजालमा उल्लेख गरेका छन् । उनले, यो चलचित्रमा फरक प्रेमकथा हेर्न पाइने बताएका छन् । अनमोलको यो कुराले पनि उनका फ्यानहरुमा नयाँ उत्साहत थपिने पक्का छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *