बक्स अफिसमा साहरुखको ‘जवान’को नयाँ रेकर्ड

२२ भदौ २०८० ११:०१

बलिउड चलचित्र ‘जवान’ले बक्स अफिसमा ओपनिङ रेकर्ड राखेको छ । यो बर्ष नै रिलिज भएको चलचित्र ‘जवान’बाट नायक साहरुख खानले ओपनिङको रेकर्ड राखेका थिए । अब, उनै साहरुखको चलचित्र ‘जवान’ले उनले नै बनाएको रेकर्ड तोडेको हो ।

बिहिबारदेखि रिलिजमा आएको यो चलचित्रले बक्स अफिसमा बम्पर कमाई गरेको हो । चलचित्रले पहिलो दिन हिन्दी भाषामा भारतमा ६५.५० करोडको कमाई गरेको छ । यसअघि यो रेकर्ड ‘पठान’को नाममा थियो, जसले ५५ करोडको ओपनिङ गरेको थियो ।

साउथका सुपरस्टार निर्देशक एट्लीको निर्देशनमा तयार भएको यो चलचित्रमा साहरुख खान, नयनतारा, विजय सेतुपति, दीपिका पादुकोण लगायतका कलाकारको अभिनय छ । चलचित्रको बम्पर ओपनिङसँगै साहरुखले आफैसँग प्रतिस्पर्धा गरिरहेका छन् । उनको यो बर्ष नै अर्को चलचित्र ‘डंकी’ पनि रिलिज हुँदैछ ।

चलचित्रले आज शुक्रबार पनि बक्स अफिसमा सुखद कमाई गरेको रिपोर्ट छ । चलचित्रले विश्व बजारमा १ सय ३० करोडको ग्रस कलेक्शन गर्दै नयाँ रेकर्ड राखेको छ । यो चलचित्रबाट साहरुखले नयाँ नयाँ रेकर्ड सेट गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *