विपिनको वरिपरी घुमेको ‘एक भगवत् गीता’को ट्रेलर

१५ भदौ २०८० १०:३८

ठूलो क्यानभासमा खिचिएको चलचित्र ‘एक भगवत् गीता’को ट्रेलर आज सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा झरना थापाको कथा तथा निर्देशनमा तयार भएको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

सुनिलकुमार थापाले निर्माण गरेको यो चलचित्रले समाजमा रहेका तेश्रो लिङ्गीहरुको कथालाई जोडदार रुपमा उठाएको छ । चलचित्रमा विपिन कार्की, सुहाना थापा, धिरज मगर, जेभिन र जेविस पौडेल, कविर खड्का, अनुराग कुँवर लगायतका कलाकारको मुख्य भूमिका छ ।

तर, चलचित्रको ट्रेलर विपिन कार्कीकै वरिपरी घुमेको छ, जहाँ उनी ‘कमलामाई’को अवतारमा देखिएका छन् । चलचित्रमा झरना थापाको कथा, झरना थापा, परिच्छेद सेन, पुरुषोत्तम ढुंगेल, सरिन पोखरेलको पटकथा छ । यस्तै, चलचित्रमा परिच्छेद सेन, पुरुषोत्तम ढुंगेल, सरिन पोखरेलको संवाद छ ।

यो चलचित्रमा राजेश श्रेष्ठको छायांकन, मित्र डी गुरुङको सम्पादन, हर्कुलस बस्नेत, आशिष अविरल, बाबुल गिरी र प्रवेश मलिकको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ । चलचित्रले बक्स अफिसमा सुखद कमाई गर्न सक्छ । भदौ २९ गतेबाट रिलिज हुने चलचित्रले दर्शकको साथ पाउनेमा निर्माणपक्ष ढुक्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *