‘ऐँचो पैँचो’मा वर्षा राउतको सरप्राइज

१४ भदौ २०८० ३:१४

आजबाट रिलिजमा आएको चलचित्र ‘ऐँचो पैँचो’को बुधबार बेलुकी काठमाडौंमा प्रिमियर गरियो । यो चलचित्रको प्रचारमा नायिका वर्षा राउतको भूमिका खासै खुलाइएको थिएन । तर, वर्षाले भने चलचित्रमा आफूले उत्कृष्ट काम गर्ने कोशिश गरेको बताएकी थिइन् । उनले, चलचित्रको टिमको प्रतिक्रिया सुन्दा आफूले यसमा खुलेर काम गर्न पाएको बताएकी थिइन् ।

तर, मिडियामा वर्षा राउतको भूमिका काटिएको, निर्माण टिमसँग सम्बन्ध विग्रिएको लगायतका खबरहरु सार्वजनिक भैरहेका थिए । बुधबार बेलुकी प्रिमियरमा चलचित्र हेरेका अधिकांश चलचित्रकर्मी र मिडियाकर्मी भने वर्षाको भूमिका र उनको अभिनयले सरप्राइज भए ।

यो चलचित्रमा वर्षाले नायिका स्वस्तिमा खड्काको दिदीको भूमिका निर्वाह गरेकी छिन् । चलचित्रमा उनको भूमिका गम्भिर र महत्वपूर्ण छ । वर्षाको अभिनय लोभलाग्दो छ ।

वर्षा आफैले पनि यो चलचित्रमा आफूले चित्तवुझ्दो अभिनय गर्ने कोशिश गरेको बताएकी थिइन् । वर्षाले भने जस्तै यसपटक उनले यो चलचित्रबाट दर्शकलाई सरप्राइज दिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *