कस्तो होला ‘ऐँचो पैँचो र गणपति’को व्यापार ?

१४ भदौ २०८० २:५९

आजबाट २ नेपाली चलचित्रले प्रदर्शन आरम्भ गरेका छन् । गत हप्ता रिलिज भएका दुई नेपाली चलचित्र ‘जय हो र महानगर’ले पनि बक्स अफिसमा खासै गतिलो व्यापार नगरेपछि यी दुई चलचित्रबाट चलचित्रकर्मीले आशा गरेका छन् ।

प्रचारप्रसारको हकमा भने कृषा चौलागाँइको निर्देशनमा तयार भएको चलचित्र ‘ऐँचो पैँचो’ आक्रामक देखिएको थियो । यसैले, बक्स अफिसमा यसको इनिसियल व्यापार सुखद हुने अनुमान लगाइएको छ ।

स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुषाल, सुशिल सिटौला, कोशिश क्षेत्री लगायतका कलाकारको अभिनय रहेको यो चलचित्रले सामाजिक र राजनीतिक कथावस्तुलाई उठान गरेको छ । चलचित्रले राजनीतिले देशको सम्पूर्ण क्षेत्रमा कसरी असर पारेको छ भन्ने कथालाई देखाएको छ ।

यस्तै, सविन अधिकारीको निर्देशनमा तयार भएको चलचित्र ‘गणपति’ले भने समाजमा एउटै मानिसलाई कसरी २ फरक तरिकाको व्यवहार गरिन्छ भन्ने कथालाई उठान गरेको छ । रामप्रसाद रिजालको निर्माणमा तयार भएको चलचित्रमा मुकुन भुषाल, मेनुका प्रधान, देबेन्द्र बब्लु, कविता न्यौपाने लगायतका कलाकारको अभिनय छ ।

तिन दिन लामो बिदा परेकाले पनि बक्स अफिसमा यी दुबै चलचित्रलाई फाइदा हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *