झरनाले किन खौरिइन् कपाल ?

१३ भदौ २०८० १०:३७

विगत २ महिना अगाडि नै आफ्नो कपाल मुन्डन गरेपनि नायिका झरना थापाको नयाँ लुक्स मंगलबार मात्र मिडियाकर्मी र चलचित्रकर्मीले देख्न पाए । राष्ट्रपति भवनमा आयोजना भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान कार्यक्रम’मा झरना नयाँ लुक्सका साथ प्रस्तुत भएकी थिइन् ।

झरनाले विगत २ महिनादेखि आफ्नो लुक्स लुकाउँदै पनि आएकी थिइन् । झरनाले भारतको तिरुपति बालाजी मन्दिरमा पुगेर कपाल मुन्डन गरेको बताइन् । उनका अनुसार, आफ्नो कुनै न कुनै मनोकांक्षा पुरा गर्नका लागि कौपाल खौरिएको उनको भनाई छ । तिरुपति बालाजी मन्दिरमा पुग्ने तिर्थालुहरुले शरीरको कुनै न कुनै अंग चढाउने गरेका छन् । आफूले भने कपाल चढाएको झरनाले बताइन् ।

झरना निर्देशित चलचित्र ‘एक भगवत् गीता’ भदौको २९ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रको सफलताका लागि झरनाले कपाल मुन्डन गरेको धेरैको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *