‘नाङ्गो गाउँ’को रोमान्टिक गीतको छायांकन, दया र मिरुनाको रोमान्स

१३ भदौ २०८० १०:२९

भदौको २९ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘नाङ्गो गाउँ’ चर्चामा छ । यसको ट्रेलर र गीत सार्वजनिक भएसँगै दर्शकले यो चलचित्रलाई प्रतिक्षा गरेर बसेका छन् । चलचित्रले बक्स अफिसमा सुखद कमाई गर्ने अपेक्षा गरिएको छ ।

यसैबिच, यो चलचित्रमा समावेश ‘सुन सुन सुन्दरी’ बोलको गीतको छायांकन चित्लाङमा गरिएको छ । ३ दिन लगाएर छायांकन भएको गीतको केही तस्वीर निर्माणपक्षले मिडियामा उपलब्ध गराएको छ । गीतमा नायक दयाहाङ राई र नायिका मिरुना मगर रोमान्टिक देखिएका छन् । यो गीतमा अन्जु पन्त र एस डी योगीको स्वर, सुष्मा सिंगेदलको शब्द, सुशान्त गौतमको संगीत छ ।

रामजी लामिछानेले कोरियोग्राफी गरेको भिडियोमा आलोक शुक्लाको छायांकन छ । चलचित्रको लेखन तथा निर्देशन दीपेन्द्र लामाले गरेका हुन् । निर्देशक लामाले केही दिनमै गीतको भिडियो सार्वजनिक गर्ने बताए ।

हिमाल शर्माको प्रस्तुतिमा तयार भएको चलचित्रमा जय श्रेष्ठको लगानी छ । चलचित्रका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् । चलचित्रमा बनिष शाहको सम्पादन छ ।

चलचित्रमा दयाहाङ राई, शिशिर वाङ्देल, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, मिरुना मगर, बुद्दि तामाङ, रविन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय छ ।

चलचित्र ‘नाङ्गो गाउँ’ले गाउँघरमा हुने राजनीतिक परिवेशको कथालाई उठान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर