यस्तो छ ‘एैँचो पैँचो’ र गणपति’को शोज बाँडफाँड

१२ भदौ २०८० १४:३९

बिहिबारबाट नै रिलिजमा आउन लागेका २ नयाँ नेपाली चलचित्रहरु ‘एैँचो पैँचो र गणपति’को शोज बाँडफाँड भएको छ । काठमाडौंसँगै देशभरका केही ठूला मल्टिप्लेक्सहरुले दुबै चलचित्रलाई शोज दिएका छन् ।

‘ऐँचो पैँचो’को तुलानामा ‘गणपति’ले केही कम शोज पाएको छ । चलचित्र ‘एैँचो पैँचो’लाई क्यूएफएक्स चेनले देशभरका हलमा २५ शोज उपलब्ध गराएको छ । जसमध्ये १० शोज काठमाडौ, भक्तपुर र ललितपुरका हलमा छन् । मोफसलका हलमा १५ शोज दिइएको छ ।

यस्तै, एफएक्युबले ४ शोज, वान सिनेमाजले नयाँ बाँनेश्वर र कालिमाटी गरेर ५ शोज र बीएसआरले ३ शो उपलब्ध गराएका छन् । तर, बीग मुभिज, आईनआई लोत्से, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज्, क्यूज सिनेमाज्, सिने डे सेफ र आरके सिनेमाज्ले शो खुलाएका छैनन् । कृषा चौलागाइको निर्देशनमा तयार भएको यो चलचित्रको प्रचार उच्च छ । स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुषाल, कोशिश क्षेत्री र सुशिल सिटौला यो चलचित्रको मुख्य भूमिकामा छन् ।

यस्तै, बिहिबारबाट नै रिलिजमा आउन लागेको चलचित्र ‘गणपति’को पनि बुकिङ खुलेको छ । यो चलचित्रलाई क्यूएफएक्सले काठमाडौं उपत्यका भित्रका हलमा ५ शो दिएको छ । यस्तै, वान सिनेमाज्ले कालिमाटी र नयाँ बाँनेश्वरमा गरेर ५ शोज, एफक्यूबले २ शो उपलब्ध गराएका छन् । अन्य हलमा यो चलचित्रको पनि बुकिङ खुलेको छैन । यो चलचित्रलाई सविन अधिकारीले निर्देशन गरेका हुन् । चलचित्रमा मुकुन भुषाल र मेनुका प्रधान मुख्य भूमिकामा छन् ।

यी दुबै चलचित्रहरु ‘गदर २, ओ माई गड २, ड्रिम गर्ल २’ लगायतका हिन्दी चलचित्रले नेपालमा राम्रो व्यापार गर्दा त्यसको प्रभावमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *