बक्स अफिसमा चम्कियो आयुष्मान र अनन्याको ‘ड्रिम गर्ल २’

११ भदौ २०८० ६:०७

नायक आयुष्मान खुरानाको करिअर फेरि लयमा फर्किएको छ । केही चलचित्र असफलताका कारण छटपटाएका आयुष्मानका लागि ‘ड्रिम गर्ल २’ले ठूलो राहत दिएको छ । यो चलचित्रले विकेन्डमा ४० करोडको कलेक्शन गरेको छ ।

चलचित्रले शुक्रबार १०.६९ करोड, शनिबार १४.०२ करोड र आइतबार १६ करोडको व्यापार गरेको छ । विकेन्डमै सुखद कमाई गर्दै चलचित्र हिट हुने लयमा दौडिएको छ । बुधबार परेको रक्षा बन्धनको बिदाले भारतीय बक्स अफिसमा चलचित्रले सुखद कमाई गर्ने अनुमान ट्रेडहरुको छ ।

सेप्टेम्बर ७ तारिखमा रिलिज हुन लागेको नायक साहरुख खान अभिनित चलचित्र ‘जवान’ अगाडि नै यो चलचित्रले बक्स अफिसमा सुखद कमाई गर्नुपर्नेछ । यसपछि, भने बक्स अफिसमा ‘जवान’ले असर गर्ने ट्रेडहरुको भनाई छ ।

कमेडी जनरामा निर्माण भएको यो चलचित्रले एक यूवक कसरी प्रेमिकाका लागि पैसा कमाउने चक्करमा महिला बन्छ भन्ने कथा प्रस्तुत गरेको छ । चलचित्रमा आयुष्मानले ‘पूजा’ नाम गरेकी यूवतीको भूमिकामा आफूलाई प्रस्तुत गरेका छन् । चलचित्रमा आयुष्मानसँगै नायिका अनन्या पाण्डेको मुख्य भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *