‘दुई कदम’ मंसिर २९ गतेबाट रिलिज हुने

११ भदौ २०८० ५:५८

उदय सुब्बाको निर्देशनमा तयार भएको चलचित्र ‘दुई कदम’को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । सार्वजनिक पोष्टरमा प्रदर्शन मिति मंसिर २९ गते तय गरिएको छ । सार्वजनिक पोष्टरमा मुख्य कलाकार गौरव पहारी र नव–कलाकारद्धय इओन लिम्बु र सिमोन गिरीलाई प्रस्तुत गरिएको छ ।

यस्तै, सार्वजनिक पोष्टरमा कलाकार गौरव पहारीको एंग्री अवतार पनि देख्न सकिन्छ । अजय फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा तारा देवी लिम्बुको लगानी छ । यो फिल्ममा गौरव, इओन र सिमोनका साथमा सुनिल थापा, कविता आले, वुद्दि तामाङ, अर्जुन गुरुङ लगायतका कलाकारको अभिनय छ ।

यस्तै, फिल्मको एक गीतको भिडियोमा विल्सन विक्रम राइको विशेष भूमिका हेर्न सकिन्छ । दयाराम घिमिरेको कथा तथा पटकथा लेखनमा तयार भएको फिल्ममा विक्रम डीसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, राजु किराँतीको एक्सन, रामजी लामिछानेको कोरियोग्राफी, प्रविन ढकालको सम्पादन छ । फिल्मको छायांकन तेह्रथुमको वसन्तपुर, इलाम, झापा, धरानमा गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *