‘उपहार’को छायांकन सुरु, रेखा, पूजा र बेनिशाको फिल्म कस्तो बन्ला ?

७ भदौ २०८० १०:३८

नायिकात्रय रेखा थापा, पूजा शर्मा र बेनिशा हमालको मुख्य भूमिका रहेको चलचिचत्र ‘उपहार’को छायांकन सुरु गरिएको छ । आज पशुपति मन्दिरमा पुजा गर्दै महिलाको कथामा निर्माण हुन लागेको चलचित्रको छायांकन सुरु गरिएको हो ।

आज बिहान चलचित्रका मुख्य कलाकारहरुले पशुपति मन्दिरमा पुजा गरेका थिए । यसपछि, त्रिभुवन विमानस्थल बाहिरको दृश्य छायांकन गरिएको थियो ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्ने यो चलचित्रलाई काठमाडौंमै खिचिनेछ । चलचित्रलाई ४० दिन लगाएर खिच्ने तयारी निर्माणपक्षको छ । बिष्णु कल्पितको छायांकन रहने चलचित्रमा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहनेछ । यो चलचित्रमा मुकुन भुषाल, तेज गिरी र समर्पण कार्कीको पनि मुख्य भूमिका रहनेछ ।

चलचित्रको कथाका लागि निर्देशक देउजाले निकै मिहिनेत पनि गरेका छन् । यसैले, यसपटक चलचित्रलाई उनले अझै उत्कृष्ट बनाउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *