अष्ट्रेलियाको भिसा रद्दबारे समीक्षाको प्रश्न–‘म माथि प्रहार किन गर्नुभयो ?’ (भिडियोसहित)

७ भदौ २०८० ९:०१

गायिका समीक्षा अधिकारीले आफू माथि प्रहार भएको बताएकी छिन् । सामाजिक संजालमा स्टाटस कोर्दै उनले अष्ट्रेलियाको भिसा रद्द भएको भन्दै गलत प्रचार गरिएको उल्लेख गरेकी छिन् ।

समीक्षाले आफ्नी दिदीलाई अष्ट्रेलियामा नै राखेर फेरि केयर टेकरको रुपमा अर्को व्यक्तिलाई अमेरिका लैजान खोजेकोले उनको भिसा रद्द भएको खबर सार्वजनिक भएको थियो । तर, सामाजिक संजालमा स्टाटस कोर्दै उनले लेखेकी छिन्–‘हुन त मैले यो भन्दा ठुलो प्रहारहरु खपि सकेकी छु । तै पनि आज सामाजिक संजालमा आएको कुराले म अष्ट्रेलिया वा अन्य देशमा बस्ने विद्धान दाजुभाई तथा दिदी बहिनीहरुलाई सोध्न चाहन्छु कि, यहाँ मेरो गल्ती के भयो ? एउटा उमेर पुगेको मान्छे अष्ट्रेलियाको नियम परिधि भित्र रहेर आफ्नो बसाई अष्ट्रेलियामा लम्बाएर बस्दा एकतर्फी रुपले अलिकती कुरा पनि नवुझी किन म माथि प्रहार गर्नु भो ?’

उनले, अहिलेको आफ्नो भिसा निवेदनको स्थितीमा फाइनान्सको केही कागजपत्र थप गरेर आफूले पठाइसकेको पन िबताएकी छिन् । उनले, आफूले भोगी सक्नुपर्ने कुरा भोगिसकेकाले अब आफूलाई नगिजोल्न पनि आग्रह गरेकी छिन् ।

उनले, आफ्नी दिदीले कुनै नियम तोडेर अष्ट्रेलियामा नबसेको पनि प्रष्ट पारेकी छिन् । उनले, अष्ट्रेलियाको नियममा बसेर आफ्नी दिदी पढिरहेको पनि उल्लेख गरेकी छिन् । उनले, आफू १८ बर्ष पुगिसकेकाले फेरि केयर टेकरको पनि आवेदन दिएको कुरा गलत भएको बताएकी छिन् ।

समीक्षाले आफूले कुनै पनि गलत काम नगरेको सामाजिक संजालमा उल्लेख गरेकी छिन् । उनले, गलत काम गरेको भए सजायँ भोग्न तयार रहेको पनि लेखेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *