‘पशुपति प्रसाद २ः भष्मे डन’को टिजरमा सुनको दात टल्काउँदै विपिन कार्की

५ भदौ २०८० ७:०६

नायक विपिन कार्कीको जन्मदिनको अवसर पारेर कार्तिकको ४ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’को टिजर सार्वजनिक गरिएको छ । फस्टलुक सार्वजनिक भएको ४ दिनपछि यसको विल्कुलै फरक शैलीमा टिजर सार्वजनिक गरिएको हो ।

टिजरमा चलचित्रको दृश्य थोरै समावेश गरिएको छ । तर, टिजरको मेकिङ विल्कुलै फरक छ । आम नेपाली चलचित्रका टिजरमा संवाद, दृश्यमा बढी केन्द्रित गरिएको पाइन्छ । तर, यो टिजरमा भने सबै दृश्यलाई वन सर्टमा समावेश गरिएको छ । जसले, दर्शकमा चलचित्रप्रतिको उत्साहलाई अझै बढाउने छ ।

टिजरमा नायक विपिन कार्कीलाई मात्र प्रस्तुत गरिएको छ । ३२ वटै दात सुनको टल्काउँदै विपिन दर्शकमाझ प्रस्तुत भएका छन् । पशुपति प्रसादको निधन भएपछि पशुपति परिसरमा आफ्नो अस्तित्व बनाउनका लागि संघर्ष गरिरहेको भष्मे डनको कथामा यो चलचित्र निर्माण भएको छ । चलचित्रमा निरज कँडेलको छायांकन छ ।

चलचित्रको फस्टलुक र टिजरले नै दर्शकलाई चलचित्रप्रति उत्साहित बनाइसकेको छ । यसैले, चलचित्रको ओपनिङ बम्पर हुने पक्का छ । खगेन्द्र लामिछानेको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाल लगायतका कलाकारको अभिनय छ ।

दीपेन्द्र के खनालको निर्देशनमा यो चलचित्र बनेको हो । टुकी आर्टस्को ब्यानरमा निर्माण भएको चलचित्रबाट सिंगो नेपाली चलचित्र क्षेत्रले समेत आशा गरेको छ । चलचित्रले ‘कबड्डी ४’ले बनाएको २२ करोडको व्यापारिक रेकर्डलाई तोड्न सक्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *