‘नाङ्गो गाउँ’को ट्रेलरः दया र शिशिरविच चुनावमा पराजित भए नांगै हिड्ने शर्त

४ भदौ २०८० ११:२०

पोष्टर र टिजर सार्वजनिक भएसँगै चर्चामा रहेको चलचित्र ‘नाङ्गो गाउँ’को ट्रेलर आज सार्वजनिक गरिएको छ । भदौको २९ गतेबाट रिलिजमा आउने यो चलचित्रको राजनीतिक कथामा निर्माण भएको ट्रेलर सार्वजनिक भएको हो । करिब ४ मिनेट लामो ट्रेलरमा गाउँमा राजनीतिका लागि हुने गरेको खिचातानी, चुनावी माहोललाई प्रस्तुत गरिएको छ ।

हिमाल शर्माको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा जय श्रेष्ठको लगानी छ भने चलचित्रका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् । चलचित्रमा आलोक शुक्लाको छायांकन, बनिष शाहको सम्पादन, एस डी योगी र दीपक शर्माको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ ।

चलचित्रमा दयाहाङ राई, शिशिर वाङ्देल, कर्मा, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, वुद्दि तामाङ, रविन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, निमा पाण्डे, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय छ ।

चलचित्रलाई दीपेन्द्र लामाले लेखन तथा निर्देशन गरेका हुन् । सामाजिक कथावस्तुमा चलचित्र बनाउन माहिर मानिएका दीपेन्द्रले यसपटक पनि दर्शकको स्वाद अनुसार चलचित्र बनाएका छन् । चलचित्रमा दया र मिरुना श्रीमान् श्रीमतिको रुपमा देखिएका छन् भने साम्राज्ञी र कर्मा प्रेमी–प्रेमिकाको रुपमा देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर