‘पशुपति प्रसाद २ः भष्मे डन’को फस्टलुकमा विपिन, सौगात र स्वस्तिमाका यस्तो अवतार

१ भदौ २०८० ७:२४

दशैंको फूलपातिको अवसरमा रिलिज हुन लागेको चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’को फस्टलुक सार्वजनिक गर्दै यसको प्रचारको सुरुवात गरिएको छ । साउन महिनासम्म मौन बसेका चलचित्रका मेकहरुले भदौ लागेसँगै चलचित्रको रिलिज र प्रचार सुरु गरेका हुन् । अब, कार्तिकको ४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’को पनि फस्टलुक सार्वजनिक गर्दै प्रचार आरम्भ गरिएको छ ।

सार्वजनिक २ पोष्टरमध्ये एक पोष्टरमा मुख्य नायक विपिन कार्कीलाई देखाइएको छ । विपिन यो चलचित्रको शिर्ष भूमिकामा छन् । अर्को पोष्टरमा विपिनको साथमा नायक सौगात मल्ल, नायिका स्वस्तिमा खड्का, माओत्से गुरुङ, रविन्द्र सिंह बानियाँ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, सजन थापा मगर, प्रकाश दाहाल, विभू पौडेल लगायतलाई स्थान दिइएको छ । चलचित्रमा हरेक पात्रको भूमिकाले दर्शकलाई उत्सुक बनाउने पक्का छ ।

खगेन्द्र लामिछानेको लेखन तथा निर्माणमा तयार भएको यो चलचित्रमा दीपेन्द्र के खनालको निर्देशन छ । यो बर्षकै प्रतिक्षित चलचित्रको रुपमा रहेको यो चलचित्रको फस्टलुकले बजारमा चर्चा पाउने निश्चित छ ।

यो चलचित्रमा निरज कँडेलको डीओपी, कृष्ण बहादुर थापाको सम्पादन, बनिष शाहको सम्पादन, कृष्ण भारद्धाज र किरण भुषालको संगीत, प्रविण सिंहको नृत्य निर्देशन, शंकर पाण्डेको प्रोडक्शन डिजाइनिङ छ ।

यो चलचित्रको मेकिङमा पनि निर्माणपक्षले निकै मिहिनेत गरेको छ । दर्शकको उच्च आशा रहेकाले पनि चलचित्र निर्माणमा कुनै कसर बाँकी नराखिएको निर्माणपक्षले बताएको छ । टुकी आर्टस्को ब्यानरमा यो चलचित्र निर्माण भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *