ट्रेलरले बढायो ‘गणपति’को माग, बक्स अफिसमा गर्न सक्छ सुखद कमाई

१ भदौ २०८० ५:३७

फरक र अर्गानिक कथावस्तुलाई दर्शकले मन पराइरहेको समयमा भदौ १४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘गणपति’ पनि दर्शकको नजरमा परेको छ । विशेषगरि, यो चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै यसको माग नेपालसँगै विदेशी बजारमा पनि बढेको छ । यो चलचित्रमा समावेश ‘उन भित्र’ बोलको गीतको पुरा अंश सार्वजनिक भएको छैन । तर, ट्रेलरमा हेरेकै आधारमा ४० हजार बढीले यो गीतमा टिकटक बनाइसकेका छन् ।

यसैबिच, यो चलचित्रलाई अब विदेशी बजारमा सेभेन सिज इन्टरटेन्मेन्टले रिलिज गर्ने पक्का भएको छ । दर्शकको चासोलाई ध्यानमा राख्दै आफूहरुले ‘गणपति’ बिश्व बजारमा प्रदर्शन गर्न लागेको जानकारी सेभेन सिज इन्टरटेन्मेन्टका प्रमुख बिनोद पौडेलले दिएका छन् ।

सेभेन सिज र रिजाल एण्ड रिजाल प्रोडक्शनबीच बिहीबार विदेशी अधिकार खरिद–बिक्री सम्झौता सम्पन्न भएको हो । ‘गणपति’ क्यानडा,अमेरिका र युकेमा सेक्टेम्बर १ बाट रिलिजमा आउने छ । यस्तै, मध्य पूर्वका देश, न्यूजिल्याण्ड र अष्ट्रेलियाका हलमा १५ सेप्टेम्बरमा प्रदर्शन हुने पक्का भइसकेको छ । यस्तै, अन्य केही देशमा पनि चाडै प्रदर्शन मिति तय गर्ने बताइएको छ ।

सेभेन सिज इन्टरटेन्मेन्ट बिनोद पौडल, प्याट्रिक सुवेदी र रमेश ढकालको संयुक्त अबधारणा र लगानीमा स्थापना गरिएको फिल्म बितरण कम्पनी हो । नेपाली चलचित्रको अन्तराष्ट्रिय बजार बिस्तारका लागि अहोरात्र लागिरहेको यो कम्पनीले निर्माणाधिन थुप्रै फिल्मको अन्तराष्ट्रिय प्रदर्शन अधिकार खरिद गरिसकेको छ ।

सबिन अधिकारीको लेखन र निर्देशनमा बनेको चलचित्रमा मुकुन भुसाल, मेनुका प्रधान, राजाराम पौडेल, सूर्यमाला खनाल, स्व.जयनन्द लामा, सुशील पोखरेल, प्रकाश घिमीरे, पुस्कर गुरुङ, अंशु मानन्धर, कविता न्यौपाने, देवेन्द्र बब्लु तथा कालु रानाको अभिनय छ । रोनाल्ड श्रेष्ठ क्रिएटिभ हेड रहेको चलचित्रको प्रस्तुतकर्ता रामप्रसाद र निर्माता लक्ष्मण रिजाल हुन् ।

कार्यकारी निर्माता बिज्ञान केसी र अर्बिन्द्र गिरी र सह–निर्मातामा बनिष शाह रहेको चलचित्र हरिबहादुर घलेले खिचेको हुन । चलचित्रका गीतमा अनिश अधिकारी, शंकर अधिकारी घायल, देबेन्द्र बब्बु, बाबुल गिरी र सबिन अधिकारीको शब्द तथा अनिश अधिकारीको संगीत छ । बिपीन मल्लले सम्पादन गरेको चलचित्रको कोरियोग्राफर कविराज गहतराज हुन् । तनहुँ जिल्लाको बिभिन्न स्थानमा खिचिएको चलचित्रको नेपाल बितरण श्रीराम बालाजी फिल्मस् र एफडिले गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *