कस्तो छ ‘एक भगवत् गीता’को फस्टलुक ?

१ भदौ २०८० ४:५०

चलचित्र ‘एक भगवत् गीता’को टिजरले दर्शकमाझ राम्रो छाप छाडिरहँदा यसको निर्माणपक्षले ३ वटा पोष्टर सार्वजनिक गरेको छ ।

सार्वजनिक ३ पोष्टरले चलचित्रको कथासारलाई वुझाउँछन् । विशेषगरि, यो चलचित्रमा नायक विपिन कार्की तेश्रो लिङ्गीको भूमिकामा देखिएका छन् । यस्तै, नायक धिरज मगर र नायिका सुहाना थापालाई चलचित्र भित्र रोमान्टिक अवतारमा देख्न सकिन्छ । चलचित्रमा बाल कलाकार जेबिन जेबिसको पनि मुख्य भूमिका छ, जसको कथा सुहाना थापासँगै अगाडि बढेको वुझ्न सकिन्छ ।

भदौको २९ गतेबाट रिलिज हुन लागेको चलचित्रको फस्टलुकले दर्शकमाझ अझै कौतुहलता जगाउने देखिन्छ ।

चलचित्रमा सुनिल कुमार थापाको निर्माण छ भने झरना थापा चलचित्रकी निर्देशक हुन् । चलचित्रको प्रचार सुस्ताएको समयमा झरना र सुनिलले फस्टलुक सार्वजनिक गर्दै अब आक्रामक रुपमा अगाडि बढ्ने संकेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *