‘जय हो’को ‘सपनाको वेडिङ्ग’ गीतमा केकीलाई फकाउँदै सलोन

३२ साउन २०८० ८:४६

नायक सलोन बस्नेतको शब्द, स्वर तथा संगीत रहेको गीत ‘सपनाको वेडिङ्ग’ सार्वजनिक भएको छ । फिल्म ‘जय हो’मा समावेश यो गीतले रिसाएकी आफ्नी प्रेमिकालाई फकाइरहेका एक यूवकको भावना बोल्छ ।

यो गीतमा फिल्मका मुख्य २ कलाकार सलोन बस्नेत र केकी अधिकारीलाई नै फिचरिङ गरिएको छ । यो फिल्म सलोन र केकीको प्रेमकै कथामा घुमेको छ । भदौको ८ गते रिलिज हुने यो फिल्मको २ वटा गीत, ट्रेलर र टिजरले दर्शकको मन जितिसकेका छन् । शोभित बस्नेतको प्रस्तुतिमा तयार भएको यो फिल्मलाई टेक पौरखी राइले निर्देशन गरेका हुन् ।

सुरज सरकार र राज के अधिकारीको लगानीमा तयार भएको फिल्ममा माओत्से गुरुङ, अर्पण थापा र निशा अधिकारीको पनि मुख्य भूमिका छ । फिल्ममा सम्राट बस्नेतको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, समीर मियाँको भीएफएक्स छ ।

सुरेश न्यौपानेको कथा लेखन रहेको फिल्ममा सौरभ लामाको छायांकन, शम्भुजित बाँँस्कोटा र सागर आले मगरको संगीत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *