बक्स अफिसमा ‘गदर २’ ब्लकबस्टर

३१ साउन २०८० ८:५६

समीक्षकहरुबाट मिश्रित प्रतिक्रिया पाएपनि बलिउड चलचित्र ‘गदर’ बक्स अफिसमा चम्किएको छ । यो चलचित्रले बक्स अफिसमा ब्लकबस्टरको व्यापार गरेको छ । चलचित्रले ५ दिनमै २ सय करोडको आँकडा पार गरेको हो ।

अब, चलचित्रले जनवरी महिनामा रिलिज भएको नायक साहरुख खान अभिनित चलचित्र ‘पठान’को बक्स अफिस कलेक्शनलाई चुनौती दिने देखिएको छ । शुक्रबार ४०.१० करोड, शनिबार ४३.०८ करोड, आइतबार ५१.७० करोड, सोमबार ३८.७० करोड र सोमबार स्वतन्त्रता दिवसको बिदाको अवसरमा ५५.४० करोडको बम्पर व्यापार गर्दै चलचित्र ब्लबस्टर बनेको हो ।

बलिउडको इतिहासमै कुनै चलचित्रले स्वतन्त्रता दिवसको बिदाको दिनमा ५५ करोडको व्यापार गरेको पहिलो पटक हो । सनी देवल र अमिषा पट्टेलको मुख्य भूमिका रहेको चलचित्रको आगामी दिनको व्यापारले यसको लाइफटाइम कलेक्शनको आँकलन गर्न सकिन्छ ।

लामो समयपछि पर्दामा फर्किएका नायक सनी देवलले आफूलाई फेरि सुपरस्टार नायकको रुपमा प्रमाणित गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *