‘रावायण’मा अनमोलकी ‘सीता’ बन्दै नीति शाह

१८ साउन २०८० ७:११

मोडल नीति शाहले नयाँ चलचित्र साइन गरेकी छिन् । नीतिले सुदर्शन थापाको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘रावायण’ साइन गरेकी हुन् । यो चलचित्र साइन गर्नका लागि नीति बुधबार मात्र भारतबाट नेपाल आएकी थिइन् ।

बुधबार द्धारिका होटलमा निर्देशक तथा निर्माता सुदर्शन थापा र नायिका नीति शाहबिच औपचारिक रुपमा कागजी संझौता भएको हो । यो चलचित्र सुदर्शन थापा फिल्मस्को ब्यानरमा निर्माण हुँदैछ । चलचित्रको कथा शिवम् अधिकारीले लेखिरहेका छन् ।

चलचित्रमा नायक अनमोल केसी शिर्ष भूमिकामा देखिदैछन् । अनमोललाई चलचित्रमा नायक र खलनायक गरि २ भूमिकामा देख्न सकिनेछ । पहिलो पटक अनमोलले चलचित्रमा दोहोरो भूमिका निर्वाह गर्न लागेका हुन् । चलचित्र ‘रावायण’को छायांकन भदौको मध्य भागबाट सुरु हुनेछ ।

निर्देशक थापा र नायक अनमोल केसीले पनि पहिलो पटक पर्दामा सहकार्य गर्न लागेका हुन् । यस्तै, नीति र अनमोलले यसअघि चलचित्र ‘एक्स ९’मा काम गर्ने पक्का भएको थियो । तर, यो चलचित्रबाट अनमोलले हात झिकेपछि नीतिसँग उनको सहकार्य टुटेको थियो ।

तर, लभ स्टोरी चलचित्रका बादशाह मानिने निर्देशक थापाको चलचित्रमा फेरि नीति र अनमोलको जोडी जुटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *