‘हिँड्दा हिँड्दै’ ट्रेलरः आकाश र रेखाको प्रेम, सलोनको मित्रता

१६ साउन २०८० १२:४७

भदौको १ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘हिँड्दा हिँड्दै’को ट्रेलर सार्वजनिक गरिएको छ । यो चलचित्रको ट्रेलरमा मित्रता, प्रेम र विछोडको कथा प्रस्तुत गरिएको छ । चलचित्रले तीन पात्रको जीवनमा आउने उतारचढाव प्रस्तुत गर्ने वुझ्न सकिन्छ ।

चलचित्रको ट्रेलरमा मुख्य नायकद्धय आकाश श्रेष्ठ, सलोन बस्नेत र नव–कलाकार रेखा शाहलाई देख्न सकिन्छ । नारायण सुलिश पंगेनी इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई मिलन आलेमगरले निर्देशन गरेका हुन् । चलचित्रमा विमल श्रेष्ठको प्रस्तुति, राज लामाको निर्माण, सुशिल पंगेनीको लेखन, प्रमोद कुमार तामाङ र महादेव शाहको सह–लगानी छ ।

चलचित्रमा सानिया खान, विशाल श्रेष्ठ, विकास थापामगर, विमल श्रेष्ठको पनि मुख्य भूमिका देख्न सकिन्छ । सुमन कुमार तण्डुकारको छायांकन रहेको यो चलचित्रमा कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी, गौतमराज खड्काको सम्पादन, किरण माइकल र ताराप्रकाश लिम्बुको संगीत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर